इरान र इजरायलबीच रातभर तनाव, आक्रमण रोक्न राष्ट्रसंघको आब्हान
२०८२ जेठ ३१ शनिवार
- शुक्रबार साँझ इजरायली सेनाले इरानबाट इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्ट गरेपछि जेरुसेलमभरि हवाई आक्रमणको साइरन बजेको थियो ।
इजरायलले इरानको राजधानी तेहरान आसपास भीषण हमला गरेपछि इरानले पनि इजरायलको राजधानी तेल अभिभ र जेरूसलेममा हवाइ हमला गरेको हो । ।
शुक्रबार साँझ इजरायली सेनाले इरानबाट इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्ट गरेपछि जेरुसेलमभरि हवाई आक्रमणको साइरन बजेको थियो ।
प्रक्षेपण पछि, मध्य र उत्तरी इजरायलका ठूला क्षेत्रहरूमा साइरनहरू सक्रिय भएका थिए । र खसेका प्रक्षेपणहरूबाट हुने विस्फोटहरू सुनिएको आइडीएफले जनाएको छ ।
बिहीबार राति इजरायलले इरानको सैन्य संरचना, हतियार प्रणाली, एयर–डिफेन्स सिस्टम, आणविक भट्टी र वरिष्ठ अधिकारीहरूमाथि एकैपटक आक्रमण गरेको थियो । त्यसपछि इरानले पनि इजरायलमाथि जबाफी हमला गरेको हो । त्यो क्रम शुक्रबार पनि जारी रह्यो ।
यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ अपिल गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’